धनुषामा हुने महिला राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा

धनुषा | माघ २०, २०७९

धनुषामा हुने महिला राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा

ढल्केवर: पाँचौ संस्करणको साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ ।  नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।

 

मधेश प्रदेश हक्की टिमका संयोजक रवीन्द्र सिंहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले हिमालय युवा क्लब नकटाझिजको खेल मैदानमा माघ २३ गते २८ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभयो ।

 

मधेश प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपालका छ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) को टोली गरी सात वटा टीमको सहभागिता रहने छन् । सहभागी टीमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ ।

 

समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम छन् । समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मी रहेका छन् । प्रतियोगिताको पहिलो दिन २३ गते तीनवटा खेल हुने संयोजक सिंहले बताउनुभयो ।

 

मधेश प्रदेशका महिला खेलाडीलाई प्रोत्साहन तथा महिला सशक्तिरणमा जोड पुग्ने उद्देश्यले यस पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता तराईको भूभागमा गर्न जोडबल गरिएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्